पौडेलले भेटे तनहुँका बाढीपहिरो पीडितका घाइतेलाई
पोखरा, साउन २ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि तनहुँमा गएको बाढीपहिरोमा परि घाइते भएकालाई अस्पतालमा पुगेर भेट गरेका....

पोखरा, साउन २ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि तनहुँमा गएको बाढीपहिरोमा परि घाइते भएकालाई अस्पतालमा पुगेर भेट गरेका छन्।
गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराइरहेका व्यास नगरपालिका–९, माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका–८ पल्ट्याङका दधिसरा थापालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
घाइते केशर थापालाई व्यास नगरपालिकाकातर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। उनीहरु दुवै जनाले पहिरोमा परि परिवारका सदस्य पनि गुमाएका थिए।
प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











