लमजुङका २२ जनामा कोरोना भाइरसको संक्रमण
पोखरा, साउन २ : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। आज लमजुङका २२ जनामा कोरोना संक्रमण देखिएको छ।
पोखरा स्वास्थ्य विज्ञ....

पोखरा, साउन २ : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। आज लमजुङका २२ जनामा कोरोना संक्रमण देखिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्। १९ महिने बालिकामा पनि कोरोना देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम समितिका प्रवक्ता डा.विनोद विन्दु शर्माले बताए।
आज थपिएका २२ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७८ पुगेको छ।
यस अघि बिहान गरिएको परीक्षणमा पनि २५ जनामा कोरोना देखिएको थियो। उनीहरु तनहुँ, म्याग्दी र नवलपरासी पूर्वका थिए।
प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)