१४ लाखको अवैध कपडा र विद्युतका सामान बरामद
कञ्चनपुर, साउन २ : भन्सार छलेर ल्याउँदै गरेको १४ लाख रुपैयाँ बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ। गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका&nda....

कञ्चनपुर, साउन २ : भन्सार छलेर ल्याउँदै गरेको १४ लाख रुपैयाँ बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ। गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतका सामान बरामद गरेको हो।
भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख नौ हजार ९५० रुपैयाँ बराबरको ल्याउँदै गरेको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
भारतबाट भन्सार छलेर कपडा र विद्युत्को सामान ल्याउँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोली सो सामान र सवारीसाधन बरामद गरेको उनले बताए। बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।



-(15)-1765023641.png)





-(86)-1764936079.jpg)


-1764760320.jpg)