Kathmandu Press

नेकपाको स्थायी कमिटी बैठक फेरि सर्‍यो, आइतबार बस्ने 

काठमाडौं, साउन २ : नेकपाको स्थायी समिति बैठक पुनः स्थगित भएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि तय भएको बैठक आइतबारसम्मका लागि सरेको हो।

....

नेकपाको स्थायी कमिटी बैठक फेरि सर्‍यो, आइतबार बस्ने 
फाइल फोटो

काठमाडौं, साउन २ : नेकपाको स्थायी समिति बैठक पुनः स्थगित भएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि तय भएको बैठक आइतबारसम्मका लागि सरेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सरेको बताए। 

आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजे सारिएको थियो।  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसक्दा बैठक सारिएको हो। खासगरी अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खानलले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनमा दिनुपर्ने बताउँदै आएका छन्।

तर, ओली भने राजीनामा नदिने अडानमा छन्। बैठक स्थगित भएपछि बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।

स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच भेट हुने सहमति यसअघि नै भएको थियो।

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्