Kathmandu Press

चार दिनदेखि बेपत्ता युवक नदी किनारमा मृत भेटिए

बागलुङ, साउन २ : चार दिनदेखि बेपत्ता रहेका बागलुङका एक युवक शुक्रबार मृत भेटिएका छन्।

जैमिनी नगरपालिका–१० का १८ वर्षीय जीवन पुन बागलुङ....

चार दिनदेखि बेपत्ता युवक नदी किनारमा मृत भेटिए
फाइल फाेटाे

बागलुङ, साउन २ : चार दिनदेखि बेपत्ता रहेका बागलुङका एक युवक शुक्रबार मृत भेटिएका छन्।

जैमिनी नगरपालिका–१० का १८ वर्षीय जीवन पुन बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारमा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी असार ३० गते पर्वतको कुश्मा नगरपालिका–१ की दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएका थिए। उनलाई आज  कालीगण्डकी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

उनको शव प्रहरीले परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ। दिदीका घरबाट कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्