भारतमा १० लाख पुगे कोरोना संक्रमित
काठमाडौं, साउन २ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ।
गत २४ घन्टामा ३५ हजार चार सय ६८ संक्रमित थपिएसँगै १० लाख नाघेको हो....

काठमाडौं, साउन २ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ।
गत २४ घन्टामा ३५ हजार चार सय ६८ संक्रमित थपिएसँगै १० लाख नाघेको हो। शुक्रबार मध्याह्नसम्म कोरोना संक्रमितको संख्या १० लाख पाँच हजार सात सय ६० पुगेको छ।
अहिलेसम्म भारतमा कोरोनाबाट २५ हजार ६ सय १९ जनाको मृत्यु भएको छ। अझै आठ हजार चार सय ४४ जना गम्भीर रहेका छन्।
त्यस्तै, कोरोना संक्रमितमध्ये ६ लाख ३६ हजार ६ सय ६६ जना निको भएका छन्। अझै तीन लाख ४३ हजार चार सय ८१ जना उपचाररत छन्।
संसारभर कोरोना संक्रमितको संख्या एक करोड ३९ लाख ५२ हजार पाँच सय २९ पुगेको छ। जसमध्ये पाँच लाख ९२ हजार सात सय ६७ जनाको मृत्यु भएको छ। अहिलेसम्म ८२ लाख ८४ हजार सात सय ४३ जना निको भएका छन्।
सबैभन्दा बढी अमेरिकामा ३६ लाख ९५ हजार २५ जनामा कोरोना देखिएको छ। संक्रमितमध्ये एक लाख ४१ हजार एक सय १८ जनाको मृत्यु भएको छ भने १६ लाख ६९ हजार तीन सय ३३ जना निको भएका छन्।
दोस्रो नम्बरमा रहेको ब्राजिलमा २० लाख १४ हजार सात सय ३८ जनामा कोरोना देखिएको छ। जसमध्ये ७६ हजार आठ सय २२ जनाको मृत्यु भएको छ भने १३ लाख ६६ हजार सात सय ७५ जना निको भएका छन्।
नेपालमा भने कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ। जसमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार दुई सय ४९ जना निको भएका छन्।




-1792226847.jpeg)






-1792226847.jpeg)