नेकपा स्थायी कमिटी बैठक दिउसाे ३ बजे बस्ने
काठमाडौं, साउन २ : आज बिहान ११ बजे बाेलाइएकाे नेकपा स्थायी कमिटी बैठक दिउसो ३ बजेसम्मका लागि सारिएकाे छ।
स्थायी कमिटी बैठक अघि सहमति खोज्न अ....

काठमाडौं, साउन २ : आज बिहान ११ बजे बाेलाइएकाे नेकपा स्थायी कमिटी बैठक दिउसो ३ बजेसम्मका लागि सारिएकाे छ।
स्थायी कमिटी बैठक अघि सहमति खोज्न अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्। दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ।
दुवै अध्यक्षबीच छलफल जारी रहेपछि स्थायी कमिटी बैठक दिउसो ३ बजेका लागि सारिएको हो। यस अघि आज बिहान ११ बजे बस्ने तय गरिएको थियो।
नेकपा स्थायी कमिटी बैठक असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएको छ। त्यसयता दुवै अध्यक्षबीच नियमित छलफल भएपनि सहमति जुट्न सकेको छैन।
आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने तयारी गरेको जनाएको छ।
नेकपामा प्रधानमन्त्री ओलीको राजीनामाको विषयले विवाद उत्पन्न भएको छ। प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री ओलीले भने दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन्।




-1792226847.jpeg)






-1792226847.jpeg)