कोरोना भाइरसकाे संक्रमणले सप्तरीका बृद्धको मृत्यु
सप्तरी, साउन २ :कोरोना भाइरसको संक्रमणबाट सप्तरीका एक बृद्धको मृत्यु भएको छ। <....

सप्तरी, साउन २ :कोरोना भाइरसको संक्रमणबाट सप्तरीका एक बृद्धको मृत्यु भएको छ।
राजविराज नगरपालिका–६ का ७२ वर्षीय रामकृष्ण लालदास मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए। उनका अनुसार, बृद्ध रामकृष्णको बिहीबार राति ११ बजे मृत्यु भएको हो।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो। उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए।
उनलाई मुटुसम्बन्धी समस्या भएपछि असार ३० गते उपचारका लागि धरान लगिएको थियो। कोरोना परीक्षण गर्दा बिहीबार बिहान रिपोट पोजिटिभ आएको थियो।
उनको प्रतिष्ठानको आइसोलेसनमा वार्डमा उपचार भइरहेको थियो। बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।




-1792226847.jpeg)






-1792226847.jpeg)