Kathmandu Press

नेकपा स्थायी कमिटी बैठक आज, केन्द्रीय कमिटी बोलाउने तयारी 

काठमाडौं, साउन २ : नेकपा स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

हिजो बसेको अध्यक्षद्वयको बैठकमा नेताहरुका अडान कायमै रहेपछि आज स्थायी कमिटी बैठ....

नेकपा स्थायी कमिटी बैठक आज, केन्द्रीय कमिटी बोलाउने तयारी 

काठमाडौं, साउन २ : नेकपा स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

हिजो बसेको अध्यक्षद्वयको बैठकमा नेताहरुका अडान कायमै रहेपछि आज स्थायी कमिटी बैठक टुंगाएर केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु सहमत भएका हुन् ।

लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा समस्या समाधान नभएपछि अब नेकपाको विवाद केन्द्रीय कमिटीमा जाने भएको हो ।

गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन ।

सचिवालय र स्थायी कमिटीका सदस्यहरुले राजीनामा दिन दबाब दिए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान राख्द्रै आएका छन् । 

प्रकाशित मिति: ०७:४४ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्