त्रिविका स्थगित सबै परीक्षा असोजभित्रै
काठमाडौं, साउन २ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असो....

काठमाडौं, साउन २ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ ।
विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको बताए ।
विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ। सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी परीक्षा सञ्चालन गर्ने त्रि.वि.ले जनाएको छ ।
यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे।
स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने भएको छ।




-1792226847.jpeg)






-1792226847.jpeg)