Kathmandu Press

आइतबारदेखि तीन दिन लगातार भारी वर्षाको सम्भावना 

काठमाडौं, साउन २ : मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न ठाउँमा सामान्य वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही ....

आइतबारदेखि तीन दिन लगातार भारी वर्षाको सम्भावना 

काठमाडौं, साउन २ : मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न ठाउँमा सामान्य वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको हो ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना छ । आजै राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, एक दुई दिनदेखि केही कम भएको वर्षा साउन ४ गते रातिदेखि साउन ७ गतेसम्म फेरि बढ्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ४ गते रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले त्यसको ३–४ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी साथै एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

भारी बर्षासँगै नदीहरुमा पानीको बहाव वढ्ने हुँदा सर्तक रहन आग्रह गरेको छ । 

प्रकाशित मिति: ०६:४७ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्