Kathmandu Press

बैदेशिक रोजगार बोर्डबाट खड्काले दिए राजिनामा

काठमाडौं, साउन १ : स्वास्थ्य व्यवशायी महासंघका अध्यक्ष कैलाश खड्काले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सदस्यबाट राजिनामा दिएका छन्। 

अघ....

बैदेशिक रोजगार बोर्डबाट खड्काले दिए राजिनामा

काठमाडौं, साउन १ : स्वास्थ्य व्यवशायी महासंघका अध्यक्ष कैलाश खड्काले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सदस्यबाट राजिनामा दिएका छन्। 

अघिल्लो हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायले उनलाई वोर्ड सदस्यमा नियुक्त गरेका थिए । खड्काले कार्यव्यस्तता र समयअभावको कारण देखाउदै विहिबार वोर्डको सदस्यबाट राजिनामा पत्र मन्त्रीलाई बुझाएका हुन्।

उनी यसअघि पनि वोर्डको आमन्त्रिक सदस्यको रुपमा योगदान दिदै आएका थिए। मन्त्रालयको वैदशिक रोजगार विज्ञ समुहका खड्का अहिले पनि बहाल छन्। 'कार्यव्यस्तताका कारण मैले समय दिन नसक्ने भएकाले राजिनामा गरेको हु', खड्काले भने, 'वोर्डको सदस्य नियुक्त गर्नु भएकोमा मन्त्रीज्यूलाई धन्यवाद व्यक्त गरेर राजिनामा पत्र बुझाएको छु ।'

खड्का विगत दुई दशकदेखि बैदेशिक रोजगारीको क्षेत्रमा क्रियाशिल छन् । उनले मलेसिया लगायतका मुलुकसँग न्यून लागतमा श्रम सम्झौता गर्न पहल गरेका थिए। 

उनी २०७१ सालदेखि श्रम मन्त्रालयको विशेषज्ञ समितिको पनि सदस्य हुदै आएका छन्। 

नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशिल युवा उद्यमी खड्का दुई वर्ष अघि एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पनि पुरस्कृत भएका थिए। 

विगत छ बर्षदेखि नेपाल स्वास्थ्य व्यवशायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टीच्युट अफ मेडिकल साईन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । उनी प्राईभेट हस्पिटल एसोसियसन (अपिन)का केन्द्रीय सदस्य पनि हुन्।

अष्टेलियाको सेन्टरल क्विन्सल्याण्ड युनिभसिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशिल छन् । उनी विगत दुई दशकदेखि नेपालको हेल्र्थकेयरका विभिन्न क्षेत्रमा सक्रिय छन्। 

प्रकाशित मिति: २१:२२ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्