Kathmandu Press

राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान पुनः सञ्चालनमा ल्याउन पर्यटन व्यवसायीको माग 

काठमाडौं, साउन १ : राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान पुनः सञ्चालनमा ल्याउन पर्यटन व्यवसायीहरुले माग गरेका छन्। पर्यटन छाता संगठनले बिहीबार काठमाडौ....

राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान पुनः सञ्चालनमा ल्याउन पर्यटन व्यवसायीको माग 

काठमाडौं, साउन १ : राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान पुनः सञ्चालनमा ल्याउन पर्यटन व्यवसायीहरुले माग गरेका छन्। पर्यटन छाता संगठनले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकार समक्ष पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन माग गरेका हुन्।

व्ययसायीहरुले हवाई उडान सञ्चालन गर्न अपिल गर्नुका साथै हरियो नम्बर प्लेट भएका सवारी सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन्। होटल संघका वरिष्ट उपाध्यक्ष विनायक शाहका अनुसार २०२० अगष्टका लागि बुकिङ भएका टिकटहरु हालसम्म रद्द नभएको कारण सिघ्र हवाई उडान सञ्चानमा ल्याउनु आवश्यक छ। पर्यटनसँग सम्बन्धित क्षेत्र सञ्चालनको लागि बारम्बार सम्बन्धित निकायलाई ध्यानआकर्षण गराएपनि चासो नदिएको उनले बताए।

हाल आंशिक रुपमा लकडाउन खुकुलो बनाएपनि होटल , रिसोर्ट , होमस्टे , हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायातलगायतका पर्यटकीय क्षेत्रहरु खुल्न सकेको छैनन्। आन्तरिक तथा वाह्य उडान बन्द भएसँगै नेपाली पर्यटन उद्योगबाट १० औं लाखको रोजगारी गुमेको तथा खबौं लगानीसमेत संकटमा परेको पर्यटन व्यवसायीहरुको भनाइ छ।

यस्तो अवस्थामा आर्थिक संकट व्यहोर्न सकिने अवस्था नभएकोले वायु सेवा सञ्चालन गर्न आवश्यक रहेको उनीहरुको भनाई छ। सबै स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलहरुको परिपालना गरेर सञ्चालन गर्ने भनिएपनि सरकारको तर्फबाट हाल सम्म पनि कुनै ठोस निर्णय नभएको उनीहरुको गुनासो छ। 

उनीहरुले चार्टर्ड उडानमा रोक लगाई नियमित फ्लाईटलाई प्राथमिकतामा राख्न सरकार समक्ष अनुरोध गरेका छन्।

कार्यक्रममा आवान, टान, रेबन लगायत ३० भन्दा बढी संस्थामा आवद्ध व्यसायीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्