Kathmandu Press

कर्णाली प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १ : कर्णाली प्रदेशमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिएका छन्। 

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल–पश....

कर्णाली प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १ : कर्णाली प्रदेशमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिएका छन्। 

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख जिल्ला अस्पतालको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

संक्रमित मध्ये सल्यानका दुई, सुर्खेतका १, जाजरकोटका १, दैलेखका ५ मुगुका १ र रुकुपश्चिमको एकजनामा संक्रमण पुष्टि भएको हो। 

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय २६ पुगेको छ। 

त्यस्तै कर्णाली प्रदेशमा बिहीबार १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हालसम्म कर्णाली प्रदेशमा कोरोनामुक्त हुनेको संख्या  एक हजार चार सय ८८ पुगेको छ।

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्