इलाममा क्वारेन्टाइनको सुरक्षार्थ खटिएका सेनाका जवानसहित ६ जनामा कोरोना पुष्टि
काठमाडौं, साउन १ : इलाम नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बस्दै आएका ४० वर्ष मुनिका पुरुषमा संक्र....

काठमाडौं, साउन १ : इलाम नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बस्दै आएका ४० वर्ष मुनिका पुरुषमा संक्रमण पुष्टि भएको हो।
इलाम अस्पतालका अनुसार संक्रमित मध्ये एक जना क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान हुन्।
अन्य पाँच जना कुवेत, साउदी, कतार र भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका पुरुष हुन्। असार २८ गते संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमण पुष्टि भएकाहरुलाई गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जनाएको छ।
प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)