Kathmandu Press

माधव नेपालसहित ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौं, साउन १ : वरिष्ठ नेता माधवकुमार नेपालसहित नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफलमा जुटेका छ....

माधव नेपालसहित ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौं, साउन १ : वरिष्ठ नेता माधवकुमार नेपालसहित नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफलमा जुटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेदेखि छलफल सुरु भएको हो। आजको छलफलमा वरिष्ठ नेता नेपाल पनि सहभागी रहेको नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङले बताए।

यस अघि ओली र प्रचण्डबीच थुप्रै पटक एक्लाएक्लै वार्ता भएको थियो। बुधबार पनि दुवै नेता वार्तामा बसेका थिए। दुवैबीचको वार्तामा कुनै निष्कर्ष ननिस्केपछि आज नेपाललाई सहभागी गराइएको जनाएको छ।

वरिष्ठ नेता नेपालको सहभागिताले वार्तामा केही सहमति हुनसक्ने नेकपा नेताहरुको विश्वास छ। वार्ता सकारात्मक बन्दै गएको बताउँदै नेता नेम्वाङले सहमति नजिक पुगेको दाबी गरे। नेपालको सहभागिताले दुवै अध्यक्षबीचको वार्ता निष्कर्षमा पुग्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीको राजीनामाको विषयले नेकपामा विवाद उत्पन्न हुँदै आएको छ। प्रचण्ड र नेपाल पक्षले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् भने प्रधानमन्त्री ओली राजीनामा नदिने अडानमा छन्।

जसले गर्दा नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ। अर्को बैठक भोलि बोलाइएको छ। स्थायी कमिटी बैठक बस्नु अघि सहमति गर्ने प्रयास भइरहेको छ।

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्