घाटाको व्यापारमा साझा यातायात, घाटा बढेर २४ करोड पुग्यो
काठमाडौं, साउन १ : साझा यातायातको घाटा यो वर्ष थप तीन करोडले बढेको छ। नेपाल सरकार, काठमाडौं, ललितपुर महानगरपालिका, स्थानीय तह र सर्वसाधरणको शेयर रहेको....

काठमाडौं, साउन १ : साझा यातायातको घाटा यो वर्ष थप तीन करोडले बढेको छ। नेपाल सरकार, काठमाडौं, ललितपुर महानगरपालिका, स्थानीय तह र सर्वसाधरणको शेयर रहेको साझा यातायातको घाटा यो वर्ष तीन करोड २५ लाख रुपैयाँले बढेको हो।
साझाको गत वर्षसम्म २० करोड ७५ लाख रुपैयाँ सञ्चिती नोक्सानी रहेकोमा यो वर्ष बढेर २४ करोड पुगेको छ।
महालेखा परीक्षकको ५७ औं बार्षिक प्रतिवेदन अनुसार साझा यातायातले निरन्तर घाटाको व्यापार गरेको देखिन्छ। सर्वसाधरणलाई सर्वसुलभ यातायात सेवा प्रदान गर्ने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत २०१८ मा स्थापना भएको साझाले अहिले ६७ बसमार्फत सेवा उपलब्ध गराउँदै आएको छ। साझाका बस काठमाडौं उपत्यका लगायत बाग्लुङ र भैरहवासम्म गुड्ने गरेका छन्।
महालेखाले साझाले मूल्य अभिवृद्धी कर लाग्ने विज्ञापनको कारोबारमा कर बिजक जारी गरी मूल्य अभिवृद्धी कर संकलन नगरेको औल्याएको छ। साझाले ०७१÷०७२ देखि २०७५÷०७६ सम्ममा ४ करोड २५ लाख ३० हजार बराबारको मूल्य अभिवृद्धी कर लाग्ने विज्ञापन सेवा प्रदान गरेको देखिएको छ। तर, सो वापत असुल गर्नुपर्ने मूल्य अभिवृद्धि कर ५५ लाख २८ हजार असुल नगरेको महालेखको प्रतिवेदनमा उल्लेख छ।
यस्तै साझाको वित्तिय विवरणमा उल्लेख भएको असुल गर्नुपर्ने आसामी तथा पेस्की ५२ लाख ४२ हजार, कर्मचारी पेस्की १३ लाख ८५ हजार र धरौटी १ लाख ६३ हजार गरी ७६ लाख ९० हजार रहेको देखिएको छ। महालेखाले यस्तो रकम विगतदेखि असुल नभएको भन्दै छानबिन गरी असुल गर्नुपर्ने बताएको छ।




-1792226847.jpeg)






-1792226847.jpeg)