Kathmandu Press

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

सिरहा, साउन १ : कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिका प्रमुखका छोरासहित दुई जना पक्राउ परेका छन्।

अख्....

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

सिरहा, साउन १ : कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिका प्रमुखका छोरासहित दुई जना पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको पाँच लाख रुपैयाँ घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उनका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो।

नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले पाँच लाख रुपैयाँ मागेका थिए। सो रकम लिन पुगेका दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए। पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ। 

प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्