प्रदेश ३ को हिउँदे अधिवेशन आइतबारदेखि
हेटौँडा, ८ चैत: प्रदेश नम्बर ३ को प्रदेशसभाको हिउँदे अधिवेशन चैत १७ गतेका लागि बोलाइएको छ।
शुक्रबार प्रदेश प्रमुख अनुराधा कोइराला....

हेटौँडा, ८ चैत: प्रदेश नम्बर ३ को प्रदेशसभाको हिउँदे अधिवेशन चैत १७ गतेका लागि बोलाइएको छ।
शुक्रबार प्रदेश प्रमुख अनुराधा कोइरालाले संविधानको धारा १८३ को उपधारा १ बमोजिम चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेकी हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ। यसअघि गत जेठ १ देखि पुस १२ गतेसम्म वर्षे (बजेट) चलेको थियो।
प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, चैत ८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












