Kathmandu Press

काठमाडौंमा गुड्न थाले साझा यातायातका बस

काठमाडौं, साउन १ : साझा यातायातले काठमाडौंमा बस सञ्चालन गरेको छ। बिहीबारदेखि काठमाडौंका आठ रुटमा साझाका बस गुड्न थालेका हुन्।

लकडाउन खुकुलो ....

काठमाडौंमा गुड्न थाले साझा यातायातका बस
रासस

काठमाडौं, साउन १ : साझा यातायातले काठमाडौंमा बस सञ्चालन गरेको छ। बिहीबारदेखि काठमाडौंका आठ रुटमा साझाका बस गुड्न थालेका हुन्।

लकडाउन खुकुलो भएसँगै सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरिएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। अहिले साझाले आठ रुटमा २६ बस सञ्चालन गरेको छ।

यात्रुको चाप हेरेर बस थप्न सकिने उनको भनाइ छ। केही दिनभने २६ वटा बस नै सञ्चालन गरिनेछन्।

आजदेखि सञ्चालन गरेका बस भाडा भने ५० प्रतिशत बृद्धि गरिएको छ। सरकारले तोकेअनुसार नै ५० प्रतिशत बढाइएको पाण्डेयले बताए।

साझा बस चालक र सहचालकलाई फेस सिल्ड लगाइएको छ। त्यस्तै, यात्रुलाई अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ।

सरकारले लकडाउन खुकुलो भएसँगै सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेको थियो। तर, यातायात व्यवसायीले सुरक्षाको व्यवस्था गर्न माग गर्दै बस सञ्चालन गरेका छैनन्।

 

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्