Kathmandu Press

वेपत्ताको खोजी गरिरहेको गोताखोरको डुंगा इन्द्रावतीमा पल्टियो

सिन्धुपाल्चोक, साउन १ : मेलम्ची खानेपानी आयोजनाको गेट भत्किँदा बगाएका चालकको खोजी गर्न सिन्धुपाल्चोक पुगेको सशस्त्र प्रहरी बलकाे गोताखोर चढेको डुंगा प....

वेपत्ताको खोजी गरिरहेको गोताखोरको डुंगा इन्द्रावतीमा पल्टियो
फाइल फाेटाे

सिन्धुपाल्चोक, साउन १ : मेलम्ची खानेपानी आयोजनाको गेट भत्किँदा बगाएका चालकको खोजी गर्न सिन्धुपाल्चोक पुगेको सशस्त्र प्रहरी बलकाे गोताखोर चढेको डुंगा पल्टिएको छ।

वेपत्ता चालकको खोजी गर्न सात जनाको टोली सिन्धुपाल्चोक पुगेको हो। सिन्धुपाल्चोकको इन्द्रावती नदीमा सात जना सवार गोताखोरको डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार डुंगा पल्टिदा एक जना घाइत भएका छन्। अरुको सकुसल उद्धार गरिएको जनाएको छ।

असार ३० गते मेलम्ची खानेपानी आयोजनाको गेट भत्किँदा दुई जना घाइते भएका थिए भने दुई जनालाई पानीले बगाएको थियो। बगाएकामध्ये एक जनाको शव भेटिएको छ भने एक जना गाडी चालक वेपत्ता छन्। उनको खोजी भइरहेको छ।

प्रकाशित मिति: १०:१९ बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्