Kathmandu Press

सिन्धुपाल्चोक पहिरोमा एकको मृत्यु, चार वेपत्ता (अपडेट)

सिन्धुपाल्चोक, साउत १ : सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता ....

सिन्धुपाल्चोक पहिरोमा एकको मृत्यु, चार वेपत्ता (अपडेट)

सिन्धुपाल्चोक, साउत १ : सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन्।

बुधबार राति १ बजे खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएको हो। घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए। वेपत्तामध्ये एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आज बिहान शव भेटिएको हो। तर, शवको पहिचान हुन सकेको छैन।

पहिरोमा परि सुमबुट्टी शेर्पाको परिवारका पाँच जना वेपत्ता भएका थिए। वेपत्ता हुनेहरुमा ७५ वर्षीया सुमबुट्टीसहित १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा रहेका छन्।

पहिरोले फुल्पिङकट्टीकै नोर्साङ शेर्पाको घर बगाएको छ। त्यस्तै, स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा पनि क्षति भएको छ।

सुरक्षाकर्मीसँग स्थानीय वासिन्दा उद्धारमा उजुटेका छन्। वेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धपाल्चोकलले जनाएको छ।

प्रकाशित मिति: ०९:५९ बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्