देशैभर मनसुनी वायुको प्रभाव, केहि स्थानमा भारी बर्षाको सम्भावना
काठमाडौं, साउन १ : अहिले देशैभर मनसुनी वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागब....

काठमाडौं, साउन १ : अहिले देशैभर मनसुनी वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको र देशभर आँशिक देखि सामान्य बदली रही एक दुई स्थानहरुमा अहिले पनि हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । आज देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने अनुमान छ ।
त्यस्तै आज कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्तीका केही साना सहायक नदीमा आकश्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।




-1792226847.jpeg)






-1792226847.jpeg)