Kathmandu Press

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरो, एकै परिवारका ५ जना वेपत्ता 

काठमाडौं, साउन १ : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

....
सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरो, एकै परिवारका ५ जना वेपत्ता 
फाइल

काठमाडौं, साउन १ : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

अबिरल परेको बर्षासँगै गाउँपालिका–४ फुल्पिङकट्टीमा ज्ञानजेन शेर्पाको घर पुरिदाँ उनकी आमा, बहिनी, वुढी र २ छोरी वेपत्ता भएको वडाध्यक्ष साङ्दोर्जे शेर्पाले काठमाडौं प्रेसलाई बताए ।

पहिरोले एउटा स्कूलमा समेत क्षति पुर्‍याएको छ । ग्यान्जेन भने काठमाडौंमा बस चलाउँदै आएको उनले बताए । अहिले वडाअध्यक्ष सहित प्रहरीको टोली घटनास्थलमा जाँदै छ । 

यसबारेमा बिस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्