Kathmandu Press

भारतमा एकै दिन हालसम्मकै वढी कोरोना संक्रमित भेटिए 

काठमाडौं, साउन १ : भारतमा एकै दिन ३२ हजार ६८२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो ।

....
भारतमा एकै दिन हालसम्मकै वढी कोरोना संक्रमित भेटिए 

काठमाडौं, साउन १ : भारतमा एकै दिन ३२ हजार ६८२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, साउन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्