Kathmandu Press

साउन १ देखि अनलाइन कक्षा रोक्ने निजी विद्यालय सञ्चालकको निर्णय

काठमाडौं, असार ३१ : लकडाउनको कारण देशैभर सञ्चालन हुँदै आएको अनलाईन कक्षा भोलि (बिहीबार)देखि नहुने भएको छ। नेशनल प्याब्सन र प्याब्सनले साउन १ गतेद....

साउन १ देखि अनलाइन कक्षा रोक्ने निजी विद्यालय सञ्चालकको निर्णय

काठमाडौं, असार ३१ : लकडाउनको कारण देशैभर सञ्चालन हुँदै आएको अनलाईन कक्षा भोलि (बिहीबार)देखि नहुने भएको छ। नेशनल प्याब्सन र प्याब्सनले साउन १ गतेदेखि शिक्षकलाई बेतलबी बिदा बस्न भन्दै अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेको हो।

बुधबार नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीद्वारा जारी बिज्ञप्तीमा आर्थिक समस्याका कारण शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उल्लेख गरिएको छ। 

‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो,’ विज्ञप्तिमा भनिएको छ, ‘साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’

लामो समयसम्म लकडाउन भएपछि उनीहरूले असार १ गतेदेखि  वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए।

असार २१ गते गरिएको सहमती अनुसार शिक्षा मन्त्रालयले ठोस निकास दिन नसकेको उनीहरुको भनाई छ।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्