Kathmandu Press

भोलिदेखि उपत्यकाको ८ रुटमा साझा यातायातको सेवा सुरु [रुटसहित]

काठमाडौं, असार ३१ : साउन १ गतेदेखि साझा यातायातले काठमाडौं उपत्यकाको ८ रुटमा बस सञ्चालन गर्ने भएको छ। 

निश्चित मापदण्ड पुरा गरेर सार्वज....

भोलिदेखि उपत्यकाको ८ रुटमा साझा यातायातको सेवा सुरु [रुटसहित]

काठमाडौं, असार ३१ : साउन १ गतेदेखि साझा यातायातले काठमाडौं उपत्यकाको ८ रुटमा बस सञ्चालन गर्ने भएको छ। 

निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने सरकारको निर्णयपछि साझाले भोलिदेखि उपत्यकाको विभिन्न रुटमा २६ वटा बस सञ्चालन गर्ने भएको हो। 

पहिलो चरणमा २६ वटा बस सञ्चालन गर्ने र यात्रुको चाप बढ्दै गए अरु बस पनि थपिने साझा यातायातले जनाएको छ। 

बसमा सवार गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ।

साझाका बसहरु सञ्चालन हुने रुटहरु

  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
  • गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
  • लामाटार, लगनखेल हुँदै रत्नपार्क
  • लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
  • लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
  • रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
  • रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

प्रकाशित मिति: १७:१० बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्