थप ११६ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, असार ३१ : नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबारबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ ....

काठमाडौं, असार ३१ : नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबारबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार एक सय ७७ पुगेको छ। संक्रमितमध्ये हालसम्म ११ हजार २५ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ६९७ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२७ बजे, बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)