प्रधानमन्त्रीको अभिव्यक्तिपछि दबाबमा पुरातत्व विभाग, अयोध्यापुरीमा उत्खननको तयारी
काठमाडाैं, असार ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल नेपालको अयोध्यापुरी भएको दाबी गरेपछि पुरात्व विभागलाई अनुसन्धानको प्रक्रिया अ....

काठमाडाैं, असार ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल नेपालको अयोध्यापुरी भएको दाबी गरेपछि पुरात्व विभागलाई अनुसन्धानको प्रक्रिया अघि बढाउने दबाब परेको छ।
प्रधानमन्त्री ओलीले पर्साको अयोध्यापुरी नै रामको जन्मस्थल दाबी गरेपछि पुरात्वातिक खोजको दबाब विभागलाई परेको निमित्त महानिर्देशक दामोदर गौतमले काठमाडौँ प्रेसलाई बताए। प्रधानमन्त्रीले अभिव्यक्त गरेका तथ्य सही भए नभएको पुष्टि गर्न र सांस्कृतिक महत्वको विषयम समेत भएकाले विभाग उत्खन्नको औपचारिक आदेशको पर्खाइमा रहेको गौतमको भनाइ छ।
'सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्ति नै आदेश हो यद्यपी अध्ययनका लागि औपचारिक रुपमा विभागलाई निर्देशन आए हामी तयारी अवस्था छौँ,' गौतमले भने। अध्ययनका लागि आवश्यक इतिहासविद्, भूगोलविद्, पुरात्वविद् र सांस्कृतिकविद्को विभागलाई आवश्यक हुने भएकाले टोलीको निर्माण गर्न विभाग औपचारिक आदेशको पर्खाइमा छ।
विभागमा हाल रहेको बजेटले अध्ययन गर्न नसकिने भएकाले बजेटको समेत माग गर्ने विभागको तयारी छ। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका क्रममा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्मस्थल नेपालको अयोध्यापुरी रहेको दाबी गरेका थिए।
उनको उक्त अभिव्यक्तिको नेपालमा पनि सर्वत्र आलोचना भएको छ। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले समेत प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कडा शब्दमा प्रतिवाद गरेको थियो।




-1792226847.jpeg)






-1792226847.jpeg)