Kathmandu Press

समृद्धिको अभियान कांग्रेसले पूरा गर्छ : नेता सिंह

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान कांग्रेसले पूरा गर्ने बताएका छन्। चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश का....

समृद्धिको अभियान कांग्रेसले पूरा गर्छ : नेता सिंह

काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान कांग्रेसले पूरा गर्ने बताएका छन्। चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन कांग्रेसले मात्र  सक्ने बताए।

पार्टीका पूर्व महामन्त्री सिंहले कांग्रेसको १४औं महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गरे। 'फागुन ७ देखि शुरु हुने पार्टीको १४औं महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,'–उनले भने।

नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाए। कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको उनको भनाइ छ। उनले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यजस्तो संवेदनशील सामग्रीमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए।

प्रकाशित मिति: १३:५० बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्