Kathmandu Press

ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौं, असार ३१ : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको छ।

केहीबेर अघि न....

ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौं, असार ३१ : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको छ।

केहीबेर अघि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्। ओली र प्रचण्डबीच वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

यस अघि मंगलबार पनि ओली र प्रचण्डबीच वार्ता भएको थियो। डेढ घन्टा चलेको वार्तामा कुनै सहमति हुन सकेको थिएन्।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक साउन २ गते बोलाइएको छ। त्यस अघि सहमति गर्न दुवै अध्यक्ष वार्ता गरिरहेका छन्। पटकपकट वार्ता गर्दा पनि सहमतिमा पुग्न सकेका छैनन्।

प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग गरिरहेका छन्। प्रधानमन्त्री ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्।

जसले गर्दा नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन। पटकपटक स्थागित हुँदै आएको स्थायी कमिटीको बैठक साउन २ गते बोलाइएको छ।

स्थायी कमिटी बैठक अघि सहमति गर्न अहिले ओली र प्रचण्ड छलफलमा जुटिरहेको सापकोटाले बताए। उनीहरु एक्लाएक्लै वार्ता गरिरहेका छन्।

प्रकाशित मिति: १२:३५ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्