Kathmandu Press

गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३१ : गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा र प्रादेशिक क्षयरोग केन्द्....

गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३१ : गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा र प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये नवलपरासी पूर्वका ११, म्याग्दीका ९, तनहुँका ३, गोरखाका १ र कास्कीका १ जना रहेका छन्। 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २२८ पुगेको छ।

प्रकाशित मिति: १२:३१ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्