विप्लवका केन्द्रीय सदस्य ओमप्रकाश पुन पक्राउ
धनगढी, असार ३१ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीको वि....

धनगढी, असार ३१ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो। उनीसँगै नेतृ पूर्णिमा धामीलाई पनि पक्राउ गरिएको छ। दुवै पतिपत्नी हुन।
पुन नेकपाको सेती–महाकाली ब्यूरो इन्चार्ज समेत रहेका छन् भने धामी अनेमसंघकी केन्द्रीय सदस्य हुन्।
उनीहरुलाई कैलालीकै फूलबारी क्षेत्रबाट पक्राउ गरिएको सूदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए । उनीहरुसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:०५ बजे, बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)