Kathmandu Press

आठ दिनसम्म पनि भेटिएनन् बाढीपहिरोमा वेपत्ता २० जना

सिन्धुपाल्चोक, असार ३१ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा आठ दिन अघि आएको बाढीपहिरोमा वेपत्ता....

आठ दिनसम्म पनि भेटिएनन् बाढीपहिरोमा वेपत्ता २० जना

सिन्धुपाल्चोक, असार ३१ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा आठ दिन अघि आएको बाढीपहिरोमा वेपत्ता भएका २० जना अझै भेटिएका छैनन्। उनीहरुलाइै भोटेकोशीले बगाएको आशंका गर्न थालिएको छ।

असार २४ गते राति आएको बाढी र पहिरोमा परि तीन जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका थिए। उनीहरुको खोजी जारीरहेको भएपनि अहिलेसम्म भेटिएका छैनन्।

चार दिनदेखि एक्स्काभेटर लगाएर खोजी भइरहेको छ। तर, वेपत्ता भेटिने सम्भावना न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा एक्स्काभेटरले समेत हटाउन कठिनाइ भएको जनाएको छ। उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ।

बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताए। बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ। खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ।

डिभिजन सडक कार्यालय दोलखाले सुनकोशी नदीले बगाएको जुरेको करिब १५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने बनाएको छ। जसले गर्दा बाह्रबिसेसम्म गाडी चल्न थालेको छ।

बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन। बाह्रबिसेको खोर्सानीबारीको सडक पूरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव देखिँदैन।

त्यसका लागि मनसुन हटेर भोटेकोशीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने डिभिजनल इञ्जीनियर विजयकुमार महतोले बताए।

प्रकाशित मिति: ०९:५७ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्