Kathmandu Press

मनसुनी वायु आजपनि सक्रिय, बर्षाको सम्भावना 

काठमाडौं, असार ३१ : मनसुनी वायु सक्रिय रहेकाले आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदे....

मनसुनी वायु आजपनि सक्रिय, बर्षाको सम्भावना 

काठमाडौं, असार ३१ : मनसुनी वायु सक्रिय रहेकाले आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

प्रकाशित मिति: ०८:१३ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्