वडाध्यक्ष पक्राउ गरेकोमा ललितपुर महानगरको आपत्ति
काठमाडौं, असार ३१ : मिर्गौला तस्कर गरेको अभियोगमा ललितपुर महानगरपालिकाका वडा ३ का अध्यक्षलाई मानव बेचबिखन ब्यूरोको हिरासतमा राखेकोमा ललितपुर महानगरले ....

काठमाडौं, असार ३१ : मिर्गौला तस्कर गरेको अभियोगमा ललितपुर महानगरपालिकाका वडा ३ का अध्यक्षलाई मानव बेचबिखन ब्यूरोको हिरासतमा राखेकोमा ललितपुर महानगरले आपत्ति जनाएको छ ।
शनिबार अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनस्थित भरतपुर मेडिकल कलेजका डाक्टर राकेश बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेतीसँगै प्रहरीले जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसीलाइ पनि पक्राउ गरेको थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सिफारिस तथा प्रमाणित गर्ने अधिकार वडा कार्यालयको रहने व्यवस्था भएकोले वडा अध्यक्षको हैसियतमा कानुनी प्रमाणित गर्ने व्यवस्था भएकोले त्यस्तो काम गरिएको हुन सक्ने बताएका हुन्।




-1792226847.jpeg)






-1792226847.jpeg)