Kathmandu Press

भारतमा कोरोनाबाट २४ हजार वढीको मृत्यु 

काठमाडौं, असार ३१ : भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म  मृतक संख्या २४ हजार ३१५ पुगेको ....

भारतमा कोरोनाबाट २४ हजार वढीको मृत्यु 

काठमाडौं, असार ३१ : भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म  मृतक संख्या २४ हजार ३१५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५८८ जनाको मृत्यु भएको हो ।भारतमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको छ । त्यसमध्ये २९ हजार ८४२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख २० हजार ९२ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: ०६:४१ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्