Kathmandu Press

‘केसरी’ बन्यो यसवर्षको ‘बेस्ट ओपनिङ’ फिल्म

काठमाडौं, चैत ८ : अक्षय कुमार अभिनित फिल्म ‘केसरी’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । ओपनिङमा यस वर्ष सबैभन्दा बढी कमाउने फिल्म बनेको छ।

‘केसरी’ बन्यो यसवर्षको ‘बेस्ट ओपनिङ’ फिल्म
एजेन्सी

काठमाडौं, चैत ८ : अक्षय कुमार अभिनित फिल्म ‘केसरी’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । ओपनिङमा यस वर्ष सबैभन्दा बढी कमाउने फिल्म बनेको छ।

ट्रेड एनालिस्ट रमेश बालाले ‘केसरी’को तारिफ गरेका छन् । उनले ट्वीट गर्दै सन् २०१९ मा रिजिल भएका बलिउड फिल्ममा ‘केसरी’ले सबैभन्दा राम्रो ओपनिङ गरेको बताएका छन्।

Hardik ivf

यो फिल्मले रिलिजको पहिलो दिन करिब २२ करोडको व्यापार गरेको छ । दर्शकसँगै ‘केसरी’ले समीक्षकबाट प्रशंसा पाएको छ।

१८औं शताब्दीको एक ऐतिहासिक युद्घमा आधारित भएर यो फिल्म निर्माण गरिएको हो । जसमा २१ सिख युवाले १० हजारभन्दा बढी अफगान सैनिकसँग लडाइ गरेका थिए ।

यसमा अक्षयसँगै अभिनेत्री परिणिती चोपडाको अभिनय रहेको छ।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, चैत ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्