Kathmandu Press

रुकुम पश्चिमको घटना जातीय विभेदकै कारण भएको संसदीय छानबिन समितिको ठहर

काठमाडौं, असार ३० : रुकुम पश्चिमको चौरजहारी घटनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले सभामुख अग्नीप्रसाद सापकोटलाई प्रतिबेदन बुझएको छ। समितिले प....

रुकुम पश्चिमको घटना जातीय विभेदकै कारण भएको संसदीय छानबिन समितिको ठहर

काठमाडौं, असार ३० : रुकुम पश्चिमको चौरजहारी घटनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले सभामुख अग्नीप्रसाद सापकोटलाई प्रतिबेदन बुझएको छ। समितिले प्रतिबेदनमा ६ जनाको मृत्यु हनेगरी भएको घटनाको मुख्य कारण जातीय विभेद नै भएको ठहर गरेको छ।

समितिले मंगलबार सभामुखलाई प्रतिवेदनसँगै छानबिनको क्रममा संकलन गरिएको संक्षिप्त भिडियो पनि प्रस्तुत गरिएको थियो।

प्रतिवेदनको निष्कर्षमा रुकुम पश्चिम सोतीमा जेठ १० गते भएको घटना हुनुको प्रमुख कारण जातीय भेदभाव तथा छुवाछुत भएको उल्लेख छ। नवराज विकको प्रेम–सम्बन्ध अन्तर्जातीय भएकाले केटीका अभिभावक र आफन्तले विक कथित तल्लो जातको भएकाले अस्वीकार गरेको उल्लेख गरेको छ। 

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्