Kathmandu Press

घुस लिएको अभियोगमा मालपोत कार्यालयका नासु पक्राउ

सप्तरी, असार ३० : भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्या....

घुस लिएको अभियोगमा मालपोत कार्यालयका नासु पक्राउ

सप्तरी, असार ३० : भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई  पक्राउ गरिएको हो।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार  कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो। ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ।

सेवाग्राहीबाट लिएको भनिएको १३ हजार रुपैयाँसहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्