काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ३० : गत २४ घण्टामा काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा गरिएको ....

काठमाडौं, असार ३० : गत २४ घण्टामा काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा गरिएको परीक्षण एक जना र महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस बिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले बताए।
याेसँगै काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या ३ सय ५८ पुगेकाे छ।
साथै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ। संक्रमितमध्ये हालसम्म १० हजार ३ सय २८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ३४ जना घर फर्किएका छन्।




-1792226847.jpeg)






-1792226847.jpeg)