Kathmandu Press

महोत्तरीको जलेश्वर कारागार डुबानमा

महोत्तरी, असार ३० : अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ। गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए।<....

महोत्तरीको जलेश्वर कारागार डुबानमा

महोत्तरी, असार ३० : अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ। गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए।

करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिका २ मा सबैभन्दा गहिरो स्थानमा रहेको छ।  वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको उनले जानकारी दिए।

कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ। कारागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार (मूलकैदी) रमेशकुमार सिंहले बताए। कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५  रहेका छन्। बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उनले जानकारी दिए।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्या परेको छ। पानीमै उभिएर ड्युटि गर्नुपरेको छ। समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा  कुनै सुनुवाई नभएको जेलर महासेठले बताए। 

कारागारमा आज एकै दिन १५४ बन्दीमा ज्वरो तथा चारजनामा झाडापखालाको समस्या देखिएको  जेलर  महासेठले जानकारी दिए।

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्