Kathmandu Press

दलित समुदायबाट पहिलो सचिव बने मानबहादुर  

काठमाडौं, असार ३० : दलित समुदायबाट पहिलो पटक नेपाल सरकारको सचिव पदमा डा. मानबहादुर विक पुगेका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवमा ....

दलित समुदायबाट पहिलो सचिव बने मानबहादुर  

काठमाडौं, असार ३० : दलित समुदायबाट पहिलो पटक नेपाल सरकारको सचिव पदमा डा. मानबहादुर विक पुगेका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 

लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिवका लागि विकसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो। तीनमध्येबाट विक सचिव बढुवा भएका हुन्। उनी अहिले युवा तथा खेलकुद मन्त्रालयमा थिए। 

खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका उनी २०६० सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी  बनेका थिए। पाल्पाको निम्न वर्गीय परिवारमा जन्मिएका विकले ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन्।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्