ओली–प्रचण्डबीच डेढ घण्टा छलफल, जुटेन सहमति
काठमाडौं, असार ३० : सत्तासीन दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारम....

काठमाडौं, असार ३० : सत्तासीन दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको हो।
झण्डै एक हप्तापछि भएको दुई अध्यक्षबीचको वार्तामा ठोस् सहमति जुट्न नसेको बालुवाटार स्रोतले जानकारी दियो।
२६ गतेका लागि तय गरिएको स्थायी समितिको बैठक स्थगित गरेर साउन २ गतेको लागि सारिएको छ।
असार १० गतेदेखि बसेको स्थायी समितिको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा छन्।
प्रकाशित मिति: १४:२० बजे, मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)