सरिता गिरीले दायर गरेको रिटमाथि सर्वोच्चको सुनुवाई जारी
काठमाडौं, असार ३० : सर्वोच्च अदालतमा पूर्व सांसद् सरिता गिरीले दायर गरको रिटमाथि सुनुवाई भइरहेको छ। सर्वोच्चका न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासल....

काठमाडौं, असार ३० : सर्वोच्च अदालतमा पूर्व सांसद् सरिता गिरीले दायर गरको रिटमाथि सुनुवाई भइरहेको छ। सर्वोच्चका न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले उनको मुद्दाको सुनुवाई गरेका हुन्।
समाजवादी पार्टीले पार्टीको ह्विपविरुद्ध संविधान संशोधनको पक्षमा मतदान नगरेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो। पार्टीबाट निस्काशित भएपछि गिरीले गत आइतबार अस्तित्वमै नरहेको तत्कालिन समाजवादी पार्टीले कारवाही गरी निस्कासित गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
सो कारवाहीसँगै उनको सांसद् पद पनि निलम्बन भएको थियो।
गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर जारी गरिएको नयाँ नक्साको विरोध गरेकी थिइन्। उनले नक्सा पास गर्न संविधान संशोधन गर्दा पक्षमा मतदान नगरी प्रतिनिधिसभाको संसद बैठक छोडेर हिडेकी थिइन्।




-1792226847.jpeg)






-1792226847.jpeg)