Kathmandu Press

पहिरोमा परि स्याङ्जामा एकको मृत्यु, तीन वेपत्ता

स्याङ्जा, असार ३० : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा आएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन्। पहिरोले पुरि....

पहिरोमा परि स्याङ्जामा एकको मृत्यु, तीन वेपत्ता

स्याङ्जा, असार ३० : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा आएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन्। पहिरोले पुरिएर दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परि ६ जना वेपत्ता भएका थिए। उनीहरुमध्ये दुई जनाको जिवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ। अन्य तीन जना वेपत्ता रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा खहरेका ६५ वर्षीय इमानसिंह रानाको रहेका छन्। उनलाई पनि सुरक्षाकर्मीले जिवितै उद्धार गरेका थिए। तर, पहिराले बाटो अवरुद्ध हुँदा समयमै अस्पताल पुर्यान नसकिएपछि उनको मृत्यु भएको जनाएको छ।

बाटो अवरुद्ध हुँदा गल्याङ नगर अस्पताल लग्न नसकिएपछि बिर्घा स्वास्थ्य चौकी लगिएको थियो। उपचारका क्रममा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।

जीवित उद्धार गरिएका अन्य दुई जनाको उपचार भइरहेको छ। त्यस्तै, पहिरोमा हराइरहेका तीन जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसँगै स्थानीय वासिन्दा खोजिमा लागेका छन्।

प्रकाशित मिति: १३:३९ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्