Kathmandu Press

अनुमति बिना कोरोना परीक्षण गर्ने अस्पतालमाथि अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं, असार ३० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृती बिना कोरोना परीक्षण गर्ने अस्पताललाई लिएर अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ। उपत....

अनुमति बिना कोरोना परीक्षण गर्ने अस्पतालमाथि अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं, असार ३० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृती बिना कोरोना परीक्षण गर्ने अस्पताललाई लिएर अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ। उपत्यकाका ग्राण्डी, ह्याम्स र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले सरकारको अनुमति बिना कोरोना परीक्षण गरेको भन्ने विषयमा अनुसन्धान गर्न समिति गठन गरेको हो। 

उक्त अस्पतालले मापदण्ड विपरित स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क लिएको गुनासो आएपछि छानबिन गर्न लागिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिलाई यी अस्पतालबारे छानबिन गरी दुई दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन्।

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्