Kathmandu Press

वरिष्ठ कम्युनिष्ट नेत्री थापाको निधन

हेटौंडा, असार ३० : वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ। नेकपा मकवानपुरका अभिभावकसमेत रहेकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्....

वरिष्ठ कम्युनिष्ट नेत्री थापाको निधन

हेटौंडा, असार ३० : वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ। नेकपा मकवानपुरका अभिभावकसमेत रहेकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो।

तत्कालीन नेकपा (एमाले)का सल्लाहकारसमेत रहेकी थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (माले)को सेल्टरदाताका रूपमा चर्चित थिइन्।

लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिए। मकवानपुरको कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री थापा हेटौँडा उपमहानगरपालिका–१७ राजदेवी बस्दै आएकी थिइन्।

उनले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई आश्रय दिने गरेको नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले बताए। 

अहिले थापालाई श्रद्धाञ्जलि दिन वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानालगायत नेकपाका नेताहरूको निवासमा उपस्थिति छ। उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, असार ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्