Kathmandu Press

तरुण दलले बीपी स्मृति दिवस सप्ताहव्यापीरुपमा मनाउने  

काठमाडौं, असार ३० : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी स्मृति दिवसलाई सप्ताहव्यापीरुपमा मनाउने भएको छ। साउन ६ गते मनाइने बीपी स्....

तरुण दलले बीपी स्मृति दिवस सप्ताहव्यापीरुपमा मनाउने  

काठमाडौं, असार ३० : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी स्मृति दिवसलाई सप्ताहव्यापीरुपमा मनाउने भएको छ। साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई तरुण दलले सप्ताहव्यापी रूपमा मनाउन  लागेकाे हाे। 

तरुण दलले कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर सप्ताहव्यापी मनाउने निर्णय गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी बताए। तरुण दलले सबै जिल्लाहरुलाई बीपी स्मृती दिवस मनाउन परिपत्र समेत गरेको छ। 

यस्तो छ परिपत्र

प्रस्तुत विषयमा महामानव बीपी कोइरालाको ३८औं स्मृति दिवस यही मिति २०७७ साउन ६ गते साप्ताहिक रूपमा विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरू गरी मनाउने नेपाल तरुण दल केन्द्रीय समितीको निर्णय भएको जानकारी गराउँदै त्यस जिल्ला समितीले तपसिलका कार्यक्रमहरू गरी÷गराई मनाउन यो परिपत्र गरिएको छ। 

तपसिलः

१. नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरूलाई सहभागी गराउने।
२.बीपी स्मृति दिवस वृक्षरोपण, सरसफाइ, रक्तदान, फलफूल वितरण, अन्तर्क्रियाजस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू गरी साप्ताहिक रूपमा मनाउने । 
३. कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टिनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्ने÷गराउने र यससम्बन्धी सचेतना फैलाउने ।
४. स्थानीय प्रशासन एवं निकायहरूसँग समन्वय गरी बाढी–पहिरो प्रभावित जिल्लाका साथीहरूले पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा क्रियाशील रहने।
५. कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सजगता, प्राकृतिक विपत् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने।
६. बीपी स्मृति दिवस भव्य र व्यापक रूपमा मनाउन जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति)का समितीहरूलाई परिपत्र गरी निर्देशन गर्ने।
७. त्यस जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनुहोला। 

नोटः अनिवार्य रूपमा मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरी कोभिड–१९ बाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं।

प्रकाशित मिति: ११:३१ बजे, मंगलबार, असार ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्