चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भट्टराईले कार्यभार सम्हाल्दै
काठमाडौं, चैत ८ : नेपाली चलचित्र बोर्डको अध्यक्षमा नियुक्त भएका निर्माता तथा अभिनेता केशव भट्टराईले आज कार्यभार सम्हाल्दै छन्।
मन्त्रिरिषद्क....

काठमाडौं, चैत ८ : नेपाली चलचित्र बोर्डको अध्यक्षमा नियुक्त भएका निर्माता तथा अभिनेता केशव भट्टराईले आज कार्यभार सम्हाल्दै छन्।
मन्त्रिरिषद्को गत सोमबारको बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्का प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाले बिहीबार निर्णय सार्वजनिक गरेका थिए।
पत्रकार रवी लामिछानेसँग विवाह भएपछि निकिता पौडयालले बोर्डको अध्यक्षबाट राजीनामा दिएकी थिइन् ।
चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्ष भट्टराईले अब दुई वर्ष बोर्ड सम्हाल्ने छन्।
प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, चैत ८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार